विद्युत प्राधिकरण राजापुर वितरण केन्द्र प्रति गेरूवा र राजापुरबासी आभारी

गेरूवा । विद्युत प्राधिकरण राजापुर वितरण केन्द्र प्रति गेरूवा र राजापुरबासी आभारी बनेका छन् । लगातार बर्षा हुँदा समेत राजापुर र गेरूवामा विद्युत सेवामा कुनै अवरुद्ध नभएपछि विद्युत प्राधिकरण राजापुर वितरण केन्द्र प्रति स्थानीय आभारी बनेका हुन ।

विगत सम्झदै एक स्थानीयले सिमसिमे झरी पर्दा समेत पहिले विद्युत सेवा अवरुद्ध हुन्थ्यो अहिले भने भारी वर्षा हुँदा समेत प्राधिकरणको सक्रियताका विद्युत सेवा सुचारु हुने गरेको बताउनुभयो । विद्युत प्राधिकरण राजापुर वितरण केन्द्रले लाइन बरपरका रूखका हाँगा विंगाहरू समय समयमा काट्ने गरेकोले विद्युत सेवामा अवरुद्ध कम हुने गरेको छ ।

त्यस्तै लाइनमा कुनै आवाज आई पड्केको वा झिल्का निस्केको देखेमा विद्युत कार्यालयलाई खबर गरी सहयोग गरिदिनु हुन विद्युत प्राधिकरण राजापुर वितरण केन्द्रले अनुरोध गर्दै आएको र सोही अनुसार स्थानीयले खबर गर्ने भएपछि लाइन सुचारु हुने गरेको छ ।

आफुहरू निरन्तर विद्युतसँग सम्बन्धित समस्याहरू समाधान गर्न लागिपरेको बताउँदै विद्युतसँग सम्बन्धित कुनै समस्या भए तत्काल खबर गर्न विद्युत प्राधिकरण राजापुर वितरण केन्द्रका प्रमुख सुनिल पौडेलले अनुरोध गर्नुभयो ।

Back to top button