ईप्रका पाताभारको सफलता, कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त ७ बर्षपछि पक्राउ

गेरूवा । ईलाका प्रहरी कार्यालय पाताभार बर्दियाले कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गेरूवा गाउँपालिका वडा नं. ४ जोधिपुर बस्ने श्याम बि.सी भन्ने टिकाराम बुढा क्षेत्री रहेका छन ।

घरमा आएको गोप्य सुचनाको आधारमा हिजो शनिबार राति ८ बजे ईलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक निराजन सुनारको कमाण्डमा खटिएको टोलिले उनलाई घरमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । नीजलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा पठाइएको प्रहरी निरीक्षक सुनारले जानकारी दिनु भयो ।निज प्रतिवादीलाई प्रहरी निरीक्षक सुनारले ईप्रका पाताभारको कमाण्ड समालेपछि सुक्ष्म निगरानी गर्दै उनको बारेमा सुचना संकलन गर्दै आइरहनुभएको थियो । सोही आधारमा निज प्रतिवादीलाई ७ बर्षको लामो अवधी पश्चात पक्राउ गरी प्रहरीले उक्त घटनामा ठुलो सफलता हात पारेको छ । निजलाई गेरूवा ४ जोधिपुर बस्ने बर्ष ३६ का गंगाधर चालिसेलाई २०७२ श्रावण १६ गते साँझ करिब १० बजेतिर गोला बखामु थारुको घरको अगाडी कल्भर्टमा धारिलो हतियारले प्रहार गरी हत्या गरेको आरोप लागेको थियोे ।

Back to top button