काठमाडौं ६ मा स्वतन्त्र उठ्ने घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका अब्दुस मियाँ नेकपा एमाले प्रवेश गरेका छन्।

आज च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मियाँ लगायतलाई पार्टीमा प्रवेश गराएका हुन्।मियाँ काठमाडौं ६ मा स्वतन्त्र उठ्ने भन्दै विवेकशील साझा पार्टी छाडेका थिए। उनलाई पार्टी प्रवेश कार्यक्रममा विवेकशील साझाका संस्थापक सदस्य भनेर चिनाइएको थियो।

गत असार ११ गते मियाँले आफू काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवार हुने घोषणा गरेका थिए।

Back to top button