स्वास्थ्य क्षेत्रमा बर्दिया जिल्लामै गेरुवा गाउँपालिका सर्वाेत्कृष्ट

गेरूवा । बर्दियाको गेरूवा गाउँपालिका स्वास्थ्य सेवा प्रवाह गर्ने उत्कृष्ठ स्थानीय तह भएको छ। बर्दियाको ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र प्रसाद सुवेदी उत्कृष्ठ स्वास्थ्य शाखा प्रमुख हुनु भएको छ। यस्तै पाताभार स्वास्थ्य चौकीमा कार्यरत लक्ष्मी खत्री उत्कृष्ठ नर्सिङ कर्मचारी हुनु भएको छ। स्वास्थ्य कार्यालय बर्दियाद्वारा गुलरियामा आयोजित आव २०७८/०७९को स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठीमा गेरुवालाई उत्कृष्ठ स्थानीय तह घोषणा गर्दै प्रसंशा पत्र प्रदान गरिएको हो ।                            कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय प्रमुख सूर्य बहादुर विष्ट, विशिष्ठ अथिति प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, कार्यक्रमका अध्यक्ष स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी,स्वास्थ्य निर्देशनालय सहायक निर्देशक मान वहादुर वलिको उत्कृष्ठ स्थानीय तह र कर्मचारीलाई प्रसंशा पत्र प्रदान गरी अझ उत्कृष्ठ स्वास्थ्य सेवा प्रवाह गर्न सफलताको शुभकामना दिनु भयो। दुई दिनसम्म चलेको गोष्ठीमा ८ स्थानीय तह, साझेदार संस्थाहरुले आ-आफ्नो, स्वास्थ्य कार्यालय बर्दियाले स्वास्थ्यका सूचकहरुको प्रस्तुतिकरण समेत गरेको जनस्वास्थ्य अधिकृत कृष्ण गोपाल चौधरीले बताउनु भयो।

Back to top button