हिस्टुनद्वारा आन्दोलनको समिक्षा सहित अध्यक्षलाई ज्ञापन पत्र

गेरुवा । उच्च माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) को केन्द्रिय कार्यक्रम अनुसार भाद्र २७ देखि ३० गतेसम्मको आन्दोलनको समिक्षा सहित गेरुवा गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन ।

हिस्टुनले विभिन्न माग सहितको ज्ञापन पत्र गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी र उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीलाई बुझाएको हो । सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन नेपालले आन्दोलनको घोषणा गरेको थियो ।

देशको शैक्षिक संरचनालाई अन्तर्राष्ट्रिय परिवेश अनुकुल बनाउन नसकेको, शिक्षक दरबन्दी र व्यवस्थापनको बाटोमा सरकारले ध्यान दिन नसकेको, स्थायी शिक्षकको व्यवस्था गर्न नसकेकोले आफुहरु बाध्य भएर आन्दोलन गर्नुपर्ने अवस्था सृजना भएको हिस्टुनका बर्दिया उपाध्यक्ष टंक राज शर्माले बताउनुभयो ।उहाँले उच्च माध्यमिक तहमा लामो समय सेवा गरी उमेरका कारणले अनिवार्य अवकासमा जाने शिक्षकलाई विशेष सुविधाको व्यवस्था गर्न, प्राविधिक विद्यालयमा कार्यरत शिक्षकलाई दरबन्दी सृजना गरी स्थायी गर्न, उच्च माध्यमिक तहमा अनुदानमा कार्यरत शिक्षलाई स्थानीय भक्ताको व्यवस्था हुनुपर्ने लगायतका मागहरु रहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी सामुदायिक उच्च माध्यमिक तहमा कार्यरत विद्यालय कर्मचारीलाई आन्तरिक प्रकृयाबाट स्थायी गर्न, निवृत्तिभरण वा उपदान प्रयोजनका लागिसमेत विद्यालयको अभिलेख अनुसार समय गणना गर्नु पर्ने लगायतका माग सहित ज्ञापन पत्र बुझाइएको छ ।हिस्टुनका बर्दिया उपाध्यक्ष शर्माले गेरुवा गाउँपालिकाले ८/९ जना उच्च माविमा शिक्षक नियुक्ति गरेको भन्दै सरकारले तलवको व्यवस्था गरेको भए गेरुवा गाउँपालिकाको बजेट तलबमा नभई विकास क्षेत्र, निम्न वर्गमा वा शैक्षिक कार्यक्रममा खर्च गर्न सकिने अवस्था हुन सक्ने बताउनुभयो । ज्ञापन पत्र बुझ्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले यस विषयमा आफु सकरात्मक रहेको र उल्लेख समस्यालाई सरोकारवालासम्म पु¥याएर समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

Back to top button