सांसद बिमला विकको आरोप: कारागार सुधारमा सरकार गम्भीर भएन, नाइके-चौकीदार बनाउन सचिव-डीजीको चलखेल

काठमाडौंः सांसदहरुले कारागार सुधारमा सरकार गम्भीर नबनेको बताएका छन् ।

कारागार विधेयकमाथि छलफलमा भाग लिँदै सांसदहरुले कारागार सुधारमा सरकार गम्भीर नबन्दा समस्याका चाङ थुप्रिएको गुनासो गरेका हुन् ।

सांसद घनश्याम खतिवडाले गम्भीर अपराध बाहेक ५० प्रतिशत कैद भुक्तान गरेकालाई छोड्ने व्यवस्था ठिक रहेको बताए ।

सांसद खतिवडाले बन्दी जीवन विताएर आएकाहरुको कथा दर्दनाक रहेको बताए । उनले भने, ‘संघीन, गम्भीर अपराध बाहेकका केसमा ५० प्रतिशत कैद भुक्तान गरेकालाई छोड्ने व्यवस्था ठिक छ । बन्दी जीवन बिताएर आएकाहरुको कथा दर्दनाक छ । कारागारको क्षमता कम छ तर, बन्दी धेरै छन् । यसतर्फ ध्यान दिनु आवश्यक छ ।’कारागार सुधारका विषयमा सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘कारागार सुधार गृहको रुपमा परिणत गर्नुपर्छ । बन्दीलाई बन्दी जीवनभित्र बस्दा यातनागृहका रुपमा प्रस्तुत हुनुहुँदैन । ‘

सांसद विमला विकले अहिले पनि कारागारमा अधिकांश युवाहरु रहेको बताइन् । उनले युवा शक्तिलाई कारागारमा राख्न नहुने बताइन् ।

उनले गृहसचिव र कारागार व्यवस्थापन विभागका महानिर्देशकले कारागारका नाइके र चौकीदार बनाउन चलखेल गर्ने  गरेको बताइ। उनले भनिन्,’  विकले कारागारमा नाइके, भाइनाइके र चौकीदार बनाउन डीजी, सचिव जोडिन्छ।’

सांसद प्रेम सुवालले कारागार गोठजस्तो भएको बताए । उनले क्षमताभन्दा बढि कैदी राखिएको बताए । बिरामी बन्दीलाई उपचारको राम्रो बन्दोबस्त हुनुपर्ने सुवालको भनाइ छ ।सांसद दुर्गा पौडेलले कारागारमा बन्दीलाई श्रमसँग जोड्न आवश्यक रहेको बताइन् । उनले भनिन्,’बन्दीलाई पुस्तकालयको व्यवस्था गरिनुपर्छ । श्रममा जोड्ने वातावरण सरकारले बनाओस भन्न चाहन्छु ।’

संसद्मा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको ‘कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । अन्नपुर्ण पोष्टबाट

Back to top button