नागरिक उन्मुक्तिबाट बर्दियामा को को परे सिफारिसमा ?

बर्दिया । नागरिक उन्मुक्ति पार्टी बर्दियाले क्षेत्र १ मा प्रत्यक्ष र समानुपातिक उम्मेदवारको सिफारिस टुंगो लगाएको छ । कांग्रेसबाट नागरिक उन्मुक्ति पार्टीमा आएकी सोमती थारुका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ क्षेत्र १ मा पर्शुराम चौधरीलाई सर्वसम्मतले सिफारिस गरेको छ ।त्यस्तै समानुपातिक तर्फ दीपककुमार चौधरी र जोधनी थारुको नाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेशसभातर्फ प्रत्यक्षमा मुकेश कुमार थारू, धर्मेन्द्र कुमार थारू, फत्तेसिंह थारु, ठाकुर सिंह थारू, सोमती थारू (आकाश), हरिराम चौधरीलगायत रहेका छन्।

नागरिक उन्मुक्ति पार्टीले यसअघि नै बर्दिया २ मा रेशम चौधरीको उम्मेदवारी हुने घोषणा गरेको थियो । कानुनी अड्चन नआए सो क्षेत्रमा प्रतिनिधिसभातर्फ रेशम चौधरी र प्रदेशसभातर्फ मोहन चौधरीले उम्मेदवारी दिने बताइएको छ । थारुवान डटकमबाट

Back to top button