१५-२० सिटलाई कसैले रोक्न सक्दैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई अवमूल्यन नगर्न चेतावनी दिनुभएको छ ।

पार्टी स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बालुवाटारमा भएको छलफलमा पनि साढे ४ लाख मत मात्र भएको तर्क आएको उहाँले बताउनुभयो । तर आफूहरुले पोखरा महानगरपालिकामा मेयर लिएकै कारण वडामा उम्मेदवारी दिन नदिएकाले यो हिसाब नमिल्ने बताउनुभयो।२७ प्रतिशत सिटमा उम्मेदवारी दिँदा ९ लाख २७ हजार भोट पाएको दाबी गर्दै उहाँले भन्नुभयो, ‘देशभर उम्मेदवारी दिएको भए १५ देखि २० लाख भोट पाउन सक्दथ्यौं । १५ देखि २० लाख भोट पायौं भने १५/२० वटा सिटलाई कसैले रोक्न सक्दैन ।’

आफ्नो दललाई अवमूल्यन गर्न खोजे मुखदर्शक भएर नबस्ने र जनतामाझ जाने उहाँले बताउनुभयो ।

Back to top button