रेशम चौधरीलाई न्याय हुनुपर्छ भन्दै राप्रपा नेता रावलले गरे उनकै क्षेत्रबाट उम्मेदवारी घोषणा

काठमाडौं । राप्रपा नेता विनय रावलले आउँदो निर्वाचनमा बर्दिया क्षेत्र नम्बर २ बाट लड्ने भएका छन्। केही समयअघि नेपाली कांग्रेसबाट राप्रपा प्रवेश गरेका रावलले रेशम चौधरीलाई न्याय हुनुपर्छ भन्दै उनकै क्षेत्रबाट उम्मेदवारीको घोषणा गरेका हुन् । उनले रेशम चौधरी प्रती अन्याय भएको तथा आफू उनको न्यायको लागि लड्ने बताउदै आइरहेका छन् ।चौधरीलाई फसाउने गेम प्लानरहरु अरु नै भएकोले उनलाई फसाइएको उनको भनाई छ । उनले बर्दियालाई बेटर एन्ड ब्राईटर बर्दिया (बि.बि.बि) बनाउने घोषणा पनि गरेका छन् ।

यस्तै उनले बर्दियालाई कृषी तथा पर्यटनमा विकास गर्ने सपना रहेको र यसको सम्भावना पनि रहेको बताएका छन । । त्यति मात्र नभई उनले बर्दिया भित्रका सोझा समुदाय चौधरिहरुको हकहितको लागि सधै लड्न आफू तयार रहेको पनि बताए । बर्दियामा लामो समय देखि देखिएको जंगलि जनावर आक्रमणको समस्यालाई समाप्त पार्ने पनि उनको योजना छ । स्वदेश नेपाल डटकमबाट

Back to top button