नागरिक उन्मुक्ति पार्टीले गेरुवामा जनजागरण तथा पार्टी प्रवेश कार्यक्रम गर्ने

खोल्टीबजार । नागरिक उन्मुक्ति पार्टीले गेरुवामा कार्यक्रम गर्ने भएको छ । पर्सि ३० गते गेरुवा ४ खोल्टीबजार स्थित खेल मैदानमा जनजागरण तथा पार्टी प्रवेश कार्यक्रम गरिने नागरिक उन्मुक्ति पार्टीका एक अभियन्ताले गेरुवा अपडेटलाई जानकारी दिएका छन ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी, पार्टी प्रवक्ता दामोदर पण्डित लगायत केन्द्रिय सदस्यहरु कार्यक्रममा सहभागि हुने बताइएको छ । जनजागरण तथा पार्टी प्रवेश कार्यक्रममा बृहत साँस्कृतिक कार्यक्रमको समेत रहने जनाइएको छ । कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीले ठुलो संख्यामा पार्टी प्रवेश गराउने तयारी गरेको श्रोतले जनाएको छ ।

Back to top button