गेरुवा अपडेटको समाचारको प्रभाव ! वडा सदस्य कडायतको पहलमा खाडल पुरियो

शान्तिबजार । गेरुवा गाउँपालिकाको प्रमुख व्यापारीक केन्द्र गेरुवा ३ शान्तिबजार चोक जाने मुल बाटो स्थित झबही कुलोमा बनेको पक्की पुल छेउमै रहेको खाडल पुरिएको छ । गेरुवा अपडेटको समाचारको प्रभावका कारण उक्त खाडल पुरिएको हो । साँघुरो ठाउँमा परेको खाडलले ठुलो दुर्घटना निम्त्याउन सक्ने भन्दै यसको मर्मत सम्हार हुनुपर्ने बजार व्यवसायीहरुको माग रहेको थियो ।

झबही कुलोमा बनेको खाडल पुरिएपछिको अवस्था ।

गेरुवा गाउँपालिका वडा नं. ३ का वडा सदस्य एवं शान्तिबजार बजार व्यवस्थापन समितिका अध्यक्ष जमान कडायतको विशेष पहलमा खाडल पुरिएको हो । खाडल पुरिएपछि जोखिम कम भएको छ । हेर्दा साना समस्याहरु भएपनि त्यसले ठुलो दुर्घटना निम्त्याउन सक्ने भन्दै वडा सदस्य कडायतले त्यस्ता समस्याहरुको समाधान गर्न आफुहरु सधै अग्रसर हुने गेरुवा अपडेटलाई बताउनुभयो ।

झबही कुलोमा बनेको खाडल पहिलेको अवस्था ।

Back to top button