ईलाका प्रहरी कार्यालय पाताभारद्वारा हराएको केही घण्टामै मोटरसाईकल फेला

२६ साउन, शान्तिबजार । ईलाका प्रहरी कार्यालय पाताभार बर्दियाले हराएको केही घण्टामै मोटरसाईकल फेला पार्न सफल भएको छ । ईलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक निराजन सुनारको नेतृत्वमा खटिएको टोलिले मोटरसाईकल सकुसल अवस्थामा फेला पारेको हो ।

गय राति गेरुवा गाउँपालिका वडा नं. ५ पथरैया निवासी मनिराम चौधरीको सु.प.प्र. ०१–००८ प ७३१ नम्बरको मोटरसाईकल र गणेशपुर निवासी राम बहादुर चौधरीको सु.प.प्र. ०१–०१० प ११६ नम्बरको मोटरसाईकल हराएको भनि ईलाका प्रहरी कार्यायल पाताभारमा सुचना भए पश्चात ईलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक निराजन सुनारको नेतृत्वमा खटिएको टोलिले बेबारीसे अवस्थामा रहेका मोटरसाईकलहरु फेला पार्न सफल भएको हो ।

प्रहरीले राम बहादुर चौधरीको मोटरसाईकल हराएको १ घण्टामै गेरुवा ५ सुखाड स्थित सडकको छेउमै फेला पारेको थियो भने सम्बन्धित सवारी धनिलाई मोटरसाईकल हस्तान्तरण समेत गरिसकेको छ । मनिराम चौधरीको मोटरसाईक हराएको ६ घण्टाभित्र प्रहरीले गेरुवा ५ पहाडीपुरमा सडक किनारामा फेला पारेको थियो ।

ईलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक सुनार कुनै घटना घटे आफै फिल्डमा खटिने गरेपछि धेरै घटनाहरुमा सफलता हात परेको देखिन्छ । प्रहरी निरीक्षक सुनारले यस घटनाको बारेमा थप अनुसन्धान कार्य जारी रहेको गेरुवा अपडेटलाई जानकारी दिनुभएको छ । हराएका मोटरसाईकल सकुसल प्राप्त भएपछि सवारी धनिहरुले प्रहरीको यस कार्यलाई ठुलो सफलताको रुपमा हेरेका छन भने आफ्नो सवारी साधन पाउँदा हर्षित भएका छन ।

Back to top button