मुस्कान सामाजिक उद्यमी महिला सहकारीद्वारा पावर टेलर वितरण

शान्तिबजार । सामाजिक क्षेत्रमा क्रियाशिल मुस्कान सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गेरुवा ३ शान्तिबजारले किसानलाई पावर टेलर वितरण गरेको छ । शान्तिबजारमा एक कार्यक्रमका बीच ४ जना शेयर सदस्यहरुलाई ५० प्रतिशत अनुदानमा पावर टेलर वितरण गरिएको हो ।

जसमा गेरुवा गाउँपालिका वडा नं. २ बस्ने मनपती चौधरी, दुखनी चौधरी र गेरुवा गाउँपालिका वडा नं. ३ बस्ने फुलबसीया चौधरी र बिमली चौधरीलाई पावर टेलर वितरण गरिएको संस्थाकी कर्मचारी आशा रावलले जानकारी दिनुभयो ।

कार्यक्रममा समाजसेवी प्रेम रावल, गेरुवा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्ण थारु, ३ का वडा अध्यक्ष निर्मल चौधरी, मुस्कान सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका अध्यक्ष निर्मल खड्का लगायतको सहभागिता रहेको थियो ।

मुस्कान सामाजिक उद्यमी महिला सहकारी संस्थाले किसानलाई विभिन्न समयमा मल वितरण गर्दै आईरहको छ भने बिउ बिजन वितरण गर्ने तयारी भएको बताइएको छ ।

मुस्कान सामाजिक उद्यमी महिला सहकारी संस्थाकी कर्मचारी आशा रावलले आफ्नो संस्था कृषिलाई विशेष प्राथमिकता राखेर अघि बढीरहेको जानकारी दिनुभयो । हेपर इन्टरनेशनलको सहयोगमा पावर टेलर वितरण गरिएको हो ।

Back to top button