गेरूवाका ट्राफिक पोष्ट इन्चार्ज साउद ट्राफिक नियमबारे सचेतना फैलाउदै

गेरूवा । ट्राफिक नियमको उल्लंघन गरेकै कारण सडकमा सवारी दुर्घटना बढ्दै गएपछि अस्थायी ट्राफिक प्रहरी पोष्ट गेरूवाले सक्रियता बढाएको छ । गेरूवामा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना भएसँगै ट्राफिक नियमबारे सचेतनाका क्रियाकलाप गर्न लागिएको छ। गेरूवाका विभिन्न वडाहरूमा ट्राफिक नियम बारेमा सचेतना फैलाउन थालिएको हो।


ट्राफिक व्यवस्था अस्थायी प्रहरी पोष्ट गेरूवाका पोष्ट इन्चार्ज प्रहरी सहायक हवल्दार देवेन्द्र साउदले पछिल्लो समय पटक पटक ट्राफिक नियमबारे जनचेतनाका क्रियाकलाप भईरहेको बताउनुभयो ।

पोष्ट इन्चार्ज साउदले अहिले ट्राफिक नियमबारे चालक, स्थानीय र सरोकारवालासंग पटक पटक छलफल भईरहेको बताउँदै स्थानीयलाई ट्राफिक नियमका बारेमा जिम्मेवार बनाउन अभियानात्मक रूपमा कार्यक्रम गर्न थालनी गरिएको बताउनुभयो ।


ट्राफिक नियम मिचेर सडकमा हिड्ने जो सुकैलाई कार्वाहीको दायरामा ल्याउने गरी कार्य गर्न थालिएको बताउनुभयो । क्षमता भन्दा बढी यात्रु नकोच्ने,तिव्र गतिमा सवारी नहाक्ने देखि सवारी चालक र स्थानीयले गर्नु पर्ने दायित्वका बारेमा सुझाउदै आएको उल्लेख गर्नुभयो ।


साथै इप्रका पाताभारमा कार्यरत प्र.स.नि. चिरन्जिवी पाण्डेय सहित खटिएको प्रहरी टोलीले गेरुवा गा.पा. वडा नं. २ राजिपुर बर्दियाको सेल्टर भवनमा समुदाय प्रहरी साझेदारी अन्तरगत आत्महत्या, बाल विवाह, लागु औषध समेतको सचेतना सम्बन्धी जनचेतनामुलक प्रशिक्षण प्रदान गरेको छ ।

Back to top button