गेरूवामा महिनावारी भएका महिला कर्मचारीलाई पहिलो दिन आराम बिदा

गेरूवा । गेरूवा गाउँपालिकाको १२ अौँ गाउँ सभा बुधबारदेखि सुरू भएको छ । समृद्ध गेरूवा गाउँपालिकाको आधार, कृषि पर्यटन र पूर्वाधार भन्ने मुल नारा सहित गाउँ सभा सुरू भएको हो ।

गेरूवा गाउँपालिकाको सभाहलमा सुरू भएको सभामा गेरूवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियोे । महिनावारी भएका महिला कर्मचारीहरुलाई पहिलो दिन गेरुवा गाउपालिकाका सरकारी कार्यालयमा कार्यरत महिलाहरुलाई आराम विदा दिइनुका साथै गेरुवा गाउँ कार्यपालिका कार्यालयमा एक स्तनपान कक्षको स्थापना गरिने लगायतका कार्यक्रमहरू समावेश गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस बर्दियाका सभापति अरूण प्रकाश सिंह राठौर, गाउँसभाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरूङ, जिल्ला समन्वय समितिका सदस्य तिर्थराज जैशी लगायतको सहभागिता रहेको थियोे ।

गेरूवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले प्रस्तुत गर्नुभएको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत आगामी आर्थिक बर्षका प्राथमिकता प्राप्त प्रमुख कार्यक्रमहरू:-

नेपालको संविधान, राष्ट्रिय नीति तथा योजना, प्रादेशिक नीति तथा योजना, दिगो विकासका लक्ष्यहरु, गेरुवा गाउपालिको नीति तथा योजनाका लक्ष्यहरुलाई हासिल गरी समाजवादउन्मुख गेरुवा गाउँपालिका निर्माण गरी समृद्ध गेरुवा गाउँपालिकाको निर्माण गर्नु मेरो प्रमुख र एक मात्र प्राथमिकता रहेको छ । मेरो नेतृत्वको सरकारले शुन्य सहनशीलताको मान्यतालाई आत्मसाथ गर्दै सुशासन, नागरिक मैत्री सेवा प्रवाह, जनताको सुख र दुखमा साथ दिने सरकारको रुपमा स्थापीत गर्ने उद्देश्य राखेको छु । यसको लागि सम्पूर्ण जनसेवामा समर्पित जनप्रतिनिधिहरु, राजनैतिक दलहरु, राष्ट्रसेवक कर्मचारीहरु, पत्रकार, नागरिक समाज, संघसंस्था, तथा गेरुवाबासीहरु संग साथ, सहयोग र समभावको अपेच्छा गर्दछु ।

हामी संग नागरिकको सेवा जस्तो पुण्य काम गर्ने अवसर प्राप्त भएको छ । यस महान अवसरलाई आत्मसाथ गरि जनसेवा नै धर्म हो भन्ने मूलमन्त्रका साथ समृद्ध गेरुवा निर्माण अभियानमा यहाँहरुको सक्रिय सहभागितको अपेच्छा गरेको छ ।

अब म गेरुवा गाउपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० पालिकाले विभिन्न विषय क्षेत्रहरुमा सञ्चालन गर्ने प्रमुख कार्यक्रमहरु यस गरिमामय सभा समक्ष प्रस्तुत गर्न चाहन्छु ।

१. आर्थिक विकास

गेरुवा गाउपालिका कृषि तथा पशु उपशाखा, कृषि तथा पशु सेवा केन्द्र, वडा कार्यालयमा कृषक हेल्प डेस्क स्थापना गरि कृषकका समस्याहरुलाई आर्थिक विकास समिति मार्फत यथाशिघ्र समाधान गर्ने व्यवस्था गरिनेछ । किसान सूचीकरण कार्यक्रमलाई लागु गरिनेछ ।

किमान परिचयपत्र, निशुल्क कृषि पशु प्राविधिक सेवा, कृषि तथा पशु बीमा कार्यक्रम लागु गरिनेछ ।

पढ्दै कमाउदै कार्यक्रम, कृषक यान्त्रीकरण कार्यक्रम, अध्यक्ष सँग कृषक कार्यक्रम, युवा कृषक उद्यमी कार्यक्रमहरु संचालन गरी कृषकको क्षमता विकास, आर्थिक उन्नती तथा युवा कृषक उद्यमी विकास लाई कार्यान्वयन गरिनेछ ।

नयाँ केरा पकेट क्षेत्र विकास कार्यक्रम, नया मकैबाली पकेट क्षेत्र विकास कार्यक्रम, आलु बाली पकेट कार्यक्रम तेलहनवाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत नयाँ रोजगारी सृजना गरिनेछ ।

सहिद स्मृति पार्क निर्माण कार्यलाई सम्पन्न गरी गेरुवालाई पर्यटकीय हबको रुपमा विकास गर्न आवश्यक कार्यक्रम संचालन गरिनेछ ।

एक घर एक बैंक खाता कार्यक्रम संचालन गरी प्रत्येक घरमा वित्तीय पहुँच कायम गरिनेछ ।

२. सामाजिक विकास

गेरुवा गाउपालिकामा एक बहुमुखी क्याम्पसको स्थापना गरी उच्च शिक्षाको व्यवस्था गरिनेछ ।

गेरुवा गाउँपालिकाको पशुपति माविलाई प्राविधिक शिक्षालयको रुपमा विकास गरिनेछ । निर्माणाधीन प्राविधिक शिक्षालय भवनलाई सम्पन्न गरिनेछ ।

शिक्षाको बृहत्तर विकासका लागि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम हरु सञ्चालन गरिनेछ ।

गेरुवा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा एक मावि एक नर्श कार्यक्रम लागु गरिनेछ । + एक घर एक शौचालय कार्यक्रम मार्फत स्वस्थ पालिका निर्माण गरिनेछ ।

महिनावारी भएका महिला कर्मचारीहरुलाई पहिलो दिन गेरुवा गाउपालिकाका सरकारी कार्यालयमा कार्यरत महिलाहरुलाई आराम विदा दिइनेछ। गेरुवा गाउँ कार्यपालिका कार्यालयमा एक स्तनपान कक्षको स्थापना गरिनेछ ।

गेरुवा गाउँपालिकाका ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक व्यवस्था गरिनेछ ।

गेरुवा गाउँपालिकामा बसोबास गर्ने फरक क्षमता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने सहायता सामाग्रीहरु निशुल्क रुपमा उपलब्ध गराइनेछ । साथै निजहरुलाई निशुल्क रुपमा घरदैलोमा स्वास्थ्य सेवा प्रदान गरिनेछ ।

गेरुवा गाउँपालिकाको प्रत्येक वडामा सवदाह गृह निर्माण कार्यलाई निरन्तरता दिइनेछ । संवदाह गृह स्थलको व्यवस्थापनका कार्यक्रमहरु संचालन गरिनेछ ।

प्रत्येक वडामा बर्थिङ सेन्टर निर्माण गर्ने गाउपालिकाको अभियानलाई निरन्तरता दिइनेछ । सिकलसेल, सर्पदंशको उपचारको लागि आवश्यक व्यवस्था गरिनेछ ।

गेरुवा गाउँपालिकाको खेलकुद विकासलाई व्यवस्थित, प्रभावकारी बनाउन गाउपालिका खेलकुद विकास समितिलाई कानूनी संरचनामा आधारित बनाई व्यवस्थित गरिनेछ । गाउँपालिकामा व्यायामशाला स्थापनाको लागि आवश्यक कार्य गरिनेछ ।

३.पूर्वाधार विकास

बापत राईस मिल देखि स्याउलीबजार खोनपुर हुदै मैनापोखर सडकलाई कालोपत्रे गरिनेछ ।

बेफु थारूको घर देखि पशुपतिनगर हुँदै राजापुर नगरपालिका जोड्ने सडक कालोपत्रे गरिनेछ ।

हरिपुर चौक देखि चैनपुर बीडन सडकलाई कालोपत्रे गरिनेछ ।

गाउपालिका क्षेत्रमा निर्माण हुने भवनहरुको राष्ट्रिय भवन आचारसंहिता बमोजिम नक्सा पास गर्न आवश्यक व्यवस्था गरिनेछ । उक्त कार्यका लागि गाउँपालिकाले निशुल्क रुपमा आवासीय घरको नमुना नक्साहरु निर्माण गरी उपलब्ध गराइनेछ।

गेरुवा गाउपालिकाको केन्दलाई एकीकृत शहरी विकास योजना निर्माण गर्न आवश्यक अध्ययन गरिनेछ ।

गेरुवा गाउँपालिका विभिन्न क्षेत्रमा विद्युत प्राधिकरण सँग समन्वय गरी सडक बत्ती जडान गरिनेछ । गेरुवा गाउपालिकाका प्रमुख बजारहरुमा सोलार बत्ती जडान गरिनेछ । वायो ग्याँस प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

गेरुवा गाउँपालिका विभिन्न स्थानहरूमा पुल, सड़क स्तारोन्नतीका कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

४. वन, वातावरण तथा विपद व्यवस्थापन

गेरुवा गाउंपालिका र बर्दिया राष्ट्रिय निकुञ्जको सीमानामा मेश वायर निर्माण कार्यलाई आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ ।

गेरुवा गाउपालिका र बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयको सीमा क्षेत्रमा विद्युत प्राधिकरण मली बत्ती जडान गरिनेछ ।

गेरुवा गाउँपालिकाको विपद व्यवस्थापन कार्यलाई व्यवस्थित गर्न आपतकालिन कार्य सञ्चालन केन्द्रको स्थापना गरी विपद् पूर्व तयारी, प्रतिकार्य र पुर्नस्थापना कार्यलाई व्यवस्थित गरिनेछ ।

गेरुवा गाउपालिकामा उत्सर्जन हुने फोहोरमैलाका व्यवस्थापनका लागि उपयुक्त स्थान तोकी ल्याण्ड फिल्ड साइटको निर्माण गरिनेछ ।

गेरुवा गाउपालिकाको विपद व्यवस्थापन गर्ने क्षमतालाई वृद्धि गर्न गाउपालिका, वडा, समुदाय, गैर सरकारी क्षेत्र लाई एकीकृत रुपमा परिचालन गरिनेछ । नेपाल रेडक्रस सोसाइटी गेरुवाको कार्यालय व्यवस्थापनका लागि आवश्यक सहयोग गरिनेछ ।

५. सुशासन तथा संस्थागत विकास

गाउँपालिकाका कर्मचारीहरु बाट सम्पादन हुने क्रियाकलापहरुको सुपरिवेक्षण गर्न दैनिक मासिक रिपोटीङ प्राणली बनाई कार्यसम्पादन मूल्याकंन गरिनेछ । कार्यसम्पादनमा उत्कृष्ट हुने कर्मचारीहरु मध्ये १ जना पुरुष, १ जना महिलालाई उत्कष्ट कर्मचारी घोषणा गरिनेछ ।

विभिन्न कार्यालयहरुको स्वच्छता, सरसफाई र कार्यालय स्थलको सरसफाई मासिक रुपमा गरिनेछ ।

गाउँपालिका बाट जारी गरिने सेवा प्रवाहलाई पारदर्शी बनाउनको लागि सूचनाको हक बमोजिम नागरिकहरुले प्राप्त गर्न पाउने सूचनाहरुलाई पालिकाको वेवसाइट, मोबाइल एप, सामाजिक सभावहरु बाट निशुल्क रुपमा उपलब्ध हुने व्यवस्था मिलाइनेछ । सोही कार्यका लागि पालिका परिसरमा एक सूचना केन्द्रको स्थापना समेत गरिनेछ ।

गेरुवा गाउँ कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरुमा नागरिक हेल्पडेस्क स्थापना गरिनेछ । गेरुवा गाउपालिकाका विविध तथ्याकहरुको अभिलेखीकरण गर्न डिजिटल प्रोफाइल निर्माण गरिनेछ ।

गेरुवा गाउँपालिकामा रहेका बरघर तथा चौकीदारहरुको क्षमता विकास तथा घरदैलोमा सूचना सम्प्रेशषण कार्यमा सहजताको लागि साइकल तथा सूचना प्रविधि सामाग्री वितरण गरिनेछ । वरघर कोषको लागि आवश्यक सहायता उपलब्ध गराइनेछ ।

गाउपालिकामा नागरिकहरुको गुनासो सुनुवाई, गुनासो सुन्ने अधिकारी तथा प्रत्येक सार्वजनिक कार्यालयहरुमा सूचना अधिकारीको व्यवस्था अनिवार्य रुपमा गरी सूचनाको हकको कार्यान्वयन गरिनेछ । गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरुलाई विशेषज्ञ प्रशिक्षक मार्फत विभिन्न क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछ ।

गेरुवा गाउपालिकाका प्रत्येक नागरिक वडापत्रको व्यवस्था गरिनेछ । प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइको व्ययवस्था गरिनेछ । सामाजिक परीक्षण, सार्वजनिक परीक्षण जस्ता कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिनेछ ।

गाउँपालिकाले निशुल्क टोलफि नम्बरको व्यवस्था गरी नागरिकहरुको गुनासाहरुलाई

व्यवस्थापन गरिनेछ । गेरुवा गाउँपालिकामा रहेका पुराना दस्तावेजहरुको डिजिटाइजेसन गरी सुरक्षित रुपमा भण्डारण गरिनेछ ।

गेरुवा गाउपालिकामा आकस्मिक रुपमा आइपर्ने विभिन्न समस्याहरुको यथाशिघ्र समाधान, निर्माण, परिचालनका लागि एक मर्मत सम्भार तथा व्यवस्थापन कोष स्थापना गरिनेछ ।

गेरुवा गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई कार्यसम्पादन, जिम्मेवारीको आधारमा प्रोत्साहन तथा उपयुक्त कार्यवातावरणको निर्माण गरिनेछ ।

गेरुवा गाउंपालिकाका स्वास्थ्य संस्थाहरुबाट नवजात शिशु जन्माउने सुत्केरी महिलाहरुलाई आफू र बच्चाको रेखदेखका लागि सुत्केरी स्याहार कार्यक्रम मार्फत सहायता गरिनेछ । गेरुवा गाउँपालिकाको छोरी बचाउ कार्यक्रमलाई थप व्यवस्थित गरि निरन्तरता दिइनेछ

सामाजिक सुरक्षा, लैगिक समानता, सामाजिक समावेशिकरण, महिला सशक्तिकरण अन्तर्गतका विषयहरु संग सम्बन्धित रहने गरी उपाध्यक्ष संग महिला जनता कार्यक्रम संचालन गरिनेछ ।

गेरुवा गाउपालिकाका बेरोजगार युवा वैदेशिक रोजगारी वाट फर्केका युवाहरुलाई समेट्ने गरी युवा उद्यमी विकास कार्यक्रम सञ्चालन गरिनेछ ।

नेपालमा चलेको शशस्त्र इन्द्रवाट पिडित गेरुवावासी नागरिकहरुको तथ्याक संकलन गरी इन्द्रपिडित, वेपत्ता, यौन हिंसामा पिडितहरुको क्षमता विकासका लागि द्वन्द्रपिडित विशेष कार्यक्रम संचालन गरिनेछ । गेरुवा गाउपालिकामा बसोबास गर्ने एच.आई.भि पिडित नागरिकहरुको क्षमता विकासको लागि विशेष कार्यक्रम संचालन गरिनेछ ।

गेरुवा गाउँपालिकामा बसोबास गर्ने भूमिहिन, सकम्बासीहरुको भूमि आयोग बाट जमिन प्राप्तीको लागि आवश्यक पहल गरिनेछ । निजहरुको उत्थानका लागि आवश्यक कार्यक्रम संचालन गरिनेछ ।

गेरुवा गाउपालिकामा बसोबास गर्ने मुक्तकमैयाहरुको क्षमता विकासका लागि विशेष कार्यक्रम संचालन गरिनेछ। गेरुवा गाउँपालिकामा बसोबास गर्ने पूर्व कमहलरीको लागि क्षमता विकासका लागि विशेष कार्यक्रममा वा गाउपालिकाका विपन्न नागरिक दलित समुदायको लागि नागरिक कार्यक्रम संचालन गरिनेछ।
फोटो फिचर

Back to top button