नेपाल राष्ट्रिय आधारभूत विद्यालय गणेशपुरद्वारा जनप्रतिनिधीहरुलाई सम्मान

गणेशपुर । गेरुवा गाउँपालिका वडा नं. ३ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय गणेशपुरले बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा गेरुवा गाउँपालिका वडा नं. ३ बाट निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ । बुधबार विद्यालयको परिसरमा आयोजित सम्मान कार्यक्रममा गेरुवा गाउँपालिका वडा नं. ३ बाट निर्वाचित वडा अध्यक्ष निर्मल थारु, वडा सदस्यहरु राधा कुमारी थारु, दुर्गा कुमारी छिनाल, जमान सिंह कडायत र राम औतार थारुलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको हो । कार्यक्रममा निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र सिंह राठौर, वडघर विर बहादुर थारु, सहायक वडघर राम स्वरुप चौधरी, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कम्माने धामीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले विद्यालयको शैक्षिक वातावरण सुधार्न शिक्षक भन्दा बढी अभिभावकहरुको भूमिका रहने बताएका छन । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चक्र प्रसाद उपाध्यायले विद्यालयका विभिन्न समस्याहरुलाई समाधान गर्न स्थानीय सरकारले सहयोग गर्नेमा विश्वस्त रहेको उल्लेख गर्नुभयो । विद्यालयले बार्षिक रुपमा उत्कृष्ट शिक्षकहरु मध्येबाट एक जनालाई सम्मान गर्ने कार्यक्रम अन्तरगत दिपक देवकोटालाई सम्मान गरिएको थियो ।

फोटो फिचर

Back to top button