इप्रका पाताभारद्वारा लागु औषध सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न

शान्तिबजार । इलाका प्रहरी कार्यालय पाताभारले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुधबार गेरुवा गाउँपालीका वडा नं. ३ शान्तिबजारमा लागु औषध सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

शान्तिबजार स्थित ग्रिन गोलोबल एकाडेमी बोर्डिङ स्कुलमा कक्षा ८ र १० मा अध्ययनरत करिब ४० जना विद्यार्थीहरूलाई इप्रका पाताभारका प्रहरी निरीक्षक निराजन सुनारले लागु औषधको बारेमा जानकारी गराउनुभएको थियोे ।

उहाँले लागू औषधका प्रकार, प्रयोगको अवस्था र असर सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएको थियो । त्यस्तै उहाँले लागु औषधको कारोबार र सेवन गर्नेहरूका लागि कानुनी सजायको व्यवस्था सम्बन्धी समेत जानकारी गराउनु भएको थियो ।

प्रहरी निरीक्षक सुनारले लागू औषध सेवनबाट शारीरिक, मानसिक, आर्थिक, सामाजिक सबै खालको असर पर्ने भएकोले यसको नियन्त्रणमा प्रहरी मात्रै नभएर सबै लाग्नुपर्ने बताउनु भयो ।

Back to top button