युवाहरुको सक्रियतामा पथरैया बजार क्षेत्र सरसफाई

९ जेठ, पथरैया । चुनावी माहोलका कारण फोहोर बढेको गेरूवा ५ पथरैया बजार सोमबार सरसफाइ गरिएको छ । चुनावको मत गणना हुने स्थान समेत पथरैया भएपछि पथरैया बजारमा चुनावको अन्तिम परिणाम नआउन्जेल चहलपहल बढेको थियोे । बाक्लो संख्यामा स्थानीयको भिडभाड भएपछि बजारमा फोहोर बढेको थियो ।

स्थानीय सक्रिय युवा दिपक माझीको नेतृत्वमा नेपाल प्रहरी, स्थानीय व्यापारी र युवाहरू लगायतको उपस्थितिमा बजार क्षेत्र सरसफाइ गरिएको स्थानीय रोहित पाण्डेले जानकारी दिनुभयो । यस अघि निर्वाचनको मुखमा युवा संघ नेपाल गेरूवाले समेत बजार क्षेत्र सरसफाइ गरेको थियो ।

Back to top button