गोला जल उपभोक्ता संस्थाद्वारा किसानलाई मलको व्यवस्था मिलाउन अनुरोध

७ जेठ, गेरुवा । गोला जल उपभोक्ता संस्थाले किसानलाई मलको व्यवस्था मिलाउन अनुरोध गरेको छ । बर्षेनी मलको हाहाकार भोग्दै आएका किसानलाई खेतीपाती गर्ने सिजनमा मलको व्यवस्था मिलाउन गोला जल उभोक्ता संस्थाका अध्यक्ष धन बहादुर शाहीले अनुरोध गर्नुभएको हो ।

गेरुवा अपडेटसँग कुरा गर्दै अध्यक्ष शाहीले नव निर्वाचित जनप्रतिनिधीहरुले मलको समस्यालाई प्राथमिकता दिदै मलको अभाव नहुन पहल कदमी चाल्नुपर्ने उल्लेख गर्नुभयो । गेरुवा कृषि क्षेत्रको लागि संभावना बोकेको क्षेत्र भएकोले यहाँका कृषकहरुको जीवनस्तर उकास्न नव निर्वाचित जनप्रतिनिधीहरुले कृषकका समस्याहरु समाधान गर्न अग्रसर हुनुपर्ने बताउनुभयो ।

Back to top button