राष्ट्रिय युवा संघ नेपाल गेरुवाद्वारा बजार क्षेत्र सरसफाई

गेरुवा संवाददाता
२१ बैशाख, पथरैया । राष्ट्रिय युवा संघ नेपाल गेरुवाले बुधबार गेरुवा ५ पथरैया बजार सरसफाई गरेको छ । बजार क्षेत्र फोहोर हुँदै गएपछि युवा संघको पहलमा बजार सरसफाई गरिएको हो । बजार व्यवस्थापन समितिले बजार सरसफाईमा कुनै चासो नदिएपछि राष्ट्रिय युवा संघ नेपाल गेरुवाको सक्रियतामा बजार सरसफाई गरिएको राष्ट्रिय युवा संघ नेपाल गेरुवा गाउँपालिका वडा नं. ५ का अध्यक्ष दिपक माझीले जानकारी दिनुभयो ।

उहाँले युवा संघ नेपालले सामाजिक क्षेत्रमा सदैव लागिपरेको बताउँदै आगामी दिनमा पनि सरसफाई कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो । नेकपा एमाले गेरुवा गाउँपालिका वडा नं. ५ को समन्वयमा बजार सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा नेकपा एमालेबाट गेरुवा वडा नं. ५ बाट अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका नवराज बुढा, राष्ट्रिय युवा संघ नेपाल गेरुवा गाउँपालिकाका इन्चार्ज चक्र बहादुर माझी, उपाध्यक्ष रमा शाही, सक्रिय युवा रोशन पाण्डे लगायतको सहभागिता रहेको थियो । सरसफाई पछि बजार क्षेत्रको सुन्दरता बढेको छ ।
फोटो फिचर

Back to top button