आँखा शिविरमा २ सय ४ जनाको आँखा परिक्षण

गेरुवा अपडेट संवाददाता
९ चैत, शान्तिबजार । गेरूवामा बुधबार संचालन भएको १ दिने आँखा शिविरमा २ सय ४ जनाले निःशुल्क आँखा परिक्षण गरेका छन । तिलगंगा आँखा अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरमा १ सय ३४ जना महिला र ७० जना पुरूषले आँखा परिक्षण गरेका हुन ।

जसमध्ये १९ जनामा मोतिया बिन्दुको समस्या भएकोले उनीहरूको अप्रेसनको व्यवस्था बगनाहामा गरिएको विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड पाताभार सेवा केन्द्रका शाखा प्रमुख अनिल चौधरीले जानकारी दिनुभयो ।

गेरूवा गाउँपालिकाको आर्थिक सहयोग र विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड पाताभार सेवा केन्द्रको आयोजनामा आँखा शिविर संचालन गरिएको हो । विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड पाताभार सेवा केन्द्र जनताको सेवामा सदैव अग्रसर भएको संस्थाका उपाध्यक्ष शिव लाल खत्रीले बताउनुभयो ।

गेरूवा घर भई हाल तिलगंगा आँखा अस्पतालमा कार्यरत बिमल बुढा क्षेत्रीको बिशेष अग्रसरतामा शिविर संचालन गरिएको हो ।

Back to top button