बर्दियामा विद्युत सर्ट भई एक घरमा आगलागी

गेरुवा अपडेट संवाददाता
०७ चैत, गेरुवा । बर्दियामा विद्य‌ुत सर्ट भई एक घरमा आगलागी भएको छ । विद्य‌ुत सर्ट भई गेरुवा गाउँपालिका वडा नं. ६ सोनाहाफाँटा निवासी बिर बहादुर थापाको घरमा आगलागी भएको हो । घरमा कोही पनि नभएको अवस्थामा सोमबार दिउँसो ३ बजेतिर आगलागी भएको गेरुवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष अमित खड्काले जानकारी दिनुभयो ।

आगलागीबाट घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने गोठमा आंशिक क्षेति पुगेको छ । आगलागीबाट घर जल्दा खाद्यान्न, लत्ताकपडा लगायत घरमा भएका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन भने आउन बाँकी छ ।

 

Back to top button