क्रान्तिहरु समयको माग र परिस्थितिको आवश्यकताले जन्माउने गर्दछ- तिर्थ बहादुर सिंह

बेतिथी, विसंगति,कुप्रथा, अपराध आदि हरेक समाजका अङ्ग हुन । एक पछि अर्को समस्या आउनु र तेसको समाधान खोज्दै अगाडी बढ्नु जीवन्त समाजको प्रक्रिया हो । ६२/६३ को जनआन्दोलन र दश बर्षे जनयुद्ध नभएको भए संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल यति चाँडो संभव थिएन। इतिहास को कालखण्ड मा विभिन्न क्रान्ति, आन्दोलन र जनसंघर्ष हरु व्यक्तीले चाहेर हुने होईन।
 
भारतीय स्वतन्त्रता सङ्ग्राम महात्मा गान्धीले चाहेर भएको होईन। तसर्थ युद्ध, परिवर्तन र क्रान्तिहरु समयको माग र परिस्थितिको आवश्यकताले जन्माउने गर्दछ। हो परिस्थितिले व्यक्तिलाई नेतृत्व गर्ने त्यो अवसर दिन्छ । रसिया/युक्रेन युद्ध हेरौ । दुवै देशका आ आफ्ना आवश्यकता र बाध्यता छन। यो लडाई पुटीन र जैलेनेस्की ले मात्र चाहेर भएको हो त ?
 
अमेरीकी स्वतन्त्रता सङ्ग्राम मा पनि मानिसहरू मारिएका भए पनि अमेरिकन हरुले जर्ज वासिङ्टनलाई कहिल्यै गलत साबित गरेनन। आज संसारमा सबै भन्दा बढी डिप्रसेन ( असन्तुष्ट) को शिकार अमेरिकन हरु छन। तेसो भने अमेरिका विकसित नभएको भन्न मिल्छ? तसर्थ तत्कालीन समस्यालाई देखाएर समग्र राजनीतिक उपलब्धिलाई लाई नै गलत साबित गर्न खोज्नु भनेको औँलाको घाउ देखाएर हातै काटेर फाल्नुपर्छ भनेजस्तै हो।
 
जनसघर्ष बाट स्थापित संघीय लोकतान्त्रीक संविधान र रगतले आर्जेको गणतन्त्र जोगाउनु के नेताको मात्र नभई प्रत्येक नेपाली नागरिक को होईन? त्यसैले नियमित समाजका घटनालाई देखाएर सम्पूर्ण उपलब्धिलाई उल्ट्याउन खोज्दैछन भने या त तिनिहरु झुठ बोल्दैछन या त प्रतिगमनका मतियार हुन।
 
विगत सत्तरी दशक र स्थानीय तहको पाच बर्ष लाई हेर्ने हो भने अबका दश बर्ष भित्र स्थानीय तहको विकासमा कायापलट हुने देखिन्छ। यो व्यवस्था आकाश बाट खसेको हो र?त्यसैले यो व्यवस्था हुर्काउने, बढाउने, पालनपोषण गर्ने जिम्मेवारी शीर्ष नेताहरुको को मात्रै होइन प्रत्येक नेपालीको हो ।
 
 
लेखक: तिर्थ बहादुर सिंह
गेरुवा गाउँपालिका वडा नं. ५, बर्दिया
लेखक तिर्थबहादुर सिंह गेरुवा गाउँपालिकाका लेखा प्रमुख हुनुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

Back to top button