(गजल) पूर्णिमाको रातमा तिमी, जून बनी आयौँ

पूर्णिमाको रातमा तिमी, जून बनी आयौँ
भित्रभित्रै कुहाउने, घुन बनी आयौँ

झिसमिसे अँध्यारोमा, जुनकिरीको उज्यालो झैँ
तामामा लेप लगाइएको, सुन बनी आयौँ

छट्पटिन्छु, तड्पिन्छु म, तिमीलाई नपाउँदा
आलो घाउमा छर्किएको, नुन बनी आयौँ

चिच्याउँछु, बर्बराउछुँ एकान्तमा आफै
बेसुर यो गीतमा तिमी, धुन बनी आयौँ

सँगै हुँदा मुस्काउँथ्यौ, आँखा तरी सताउँथ्यौ
पागल प्रेमि बनाउने, गुन बनी आयौँ

उमेश लोहटी
गेरुवा ४ गिदरपुर, बर्दिया

गजलकार जनता मावि गेरुवा ४ गोलामा अंग्रेजी बिषय अध्यापन गराउनुहुन्छ । उहाँको यो गजल चर्चित कार्यक्रम बुलबुलमा समेत प्रशारण भइसकेको छ । उहाँले यो गजल २०६७ जेठ १० गते रातीको ११ बजे कोर्नुभएको हो ।

 

Back to top button