नेकपा माओवादी केन्द्र गेरुवाको विस्तारित बैठक तथा प्रशिक्षण भेला तिव्र

गेरुवा संवाददाता
२९ फागुन, शान्तिबजार । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को विस्तारित बैठक तथा प्रशिक्षण भेला गेरूवा गाउँपालिका वडा नं. ३ सिंहबाहानीमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गेरूवा गाउँपालिका वडा नं. ३ को आयोजनामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा माओवादी केन्द्र लुुम्बिनि प्रदेशका सदस्य विश्वराज थारु शिशिरले गेरुवाको विकासका लागि आउँदो चुनावमा माओवादी केन्द्रले बहुमतका साथ स्थानीय सरकार जित्न आवश्यक रहेको बताउनुभयो ।

अहिलेको स्थानीय सरकारको नेतृत्व गर्नेको भिजन स्पष्ट नहुँदा गेरुवा विकासमा धेरै पछि परेको उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र लुुम्बिनि प्रदेशका सदस्य एवं राजापुर नगरपालिकाका मेयर शिव प्रसाद थारुले एमाले र कांग्रेस मिलेर एमसिसि हुवहु पास गर्न थाले पछि माओवादी केन्द्रले राष्ट्रिय सुरक्षमा असर गर्ने , नेपाली भुमी प्रयोग गरि छिमेकी मुलक संग सैन्य गतिविधी सञ्चालन गर्ने , नेपालको संविधान र कानुन भन्दा माथी लक्षित हुने लगायतका बुँदाहरु संशोधन गरेर मात्र एमसिसि पास गरौं भन्ने माओवादी केन्द्र कै अडानका कारण १२ वटा बुँदा राखेर एमसिसी पास गरिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिकाका बरिष्ठ उपाध्यक्ष गणेश अर्याल र उपाध्यक्ष लिला चौधरीले गेरुवामा माओवादी केन्द्रले जितेका वडाहरुको विकास र अन्य पार्टीले जितेको वडाहरुको विकास आकाश पातल भएको बताएका छन । उहाँहरुले गेरुवामा माओवादी केन्द्रले बहुमतका साथ जिते मात्र सबै वर्गहरुको उत्थान हुने बताएका छन । कार्यक्रममा नेकपा माओवादी केन्द्र गेरुवाका अध्यक्ष दशिराम थारु हिक्मत, सचिव दयाराम वैद्य थारु, उपाध्यक्ष तिलकराम चौधरी, योङ कम्यूनिष्ट लिगकी केन्द्रिय सदस्य बसन्ती थारु, राजापुर नगरपालिका वडा नं. १ का पार्टी अध्यक्ष विश्वलाल थारु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिव आधा दर्जनले माओवादी केन्द्रमा प्रवेश गरेका छन । नेकपा माओवादी केन्द्र गेरुवा ३ का अध्यक्ष बल बहादुर थारुको सभापतित्वमा भएको कार्यक्रमको संचालन पालिका सदस्य करम राज थारुले गर्नुभएको थियो ।

Back to top button