ओस्टे ओस्टे पछि कलाकार मनिष खड्काको मेरी जमुना गीत बजारमा आउदै…

गेरुवा अपडेट संवाददाता
२२ फागुन, गेरुवा । चर्चित कलाकार मनिष खड्काको मेरी जमुना बोलको गीत बजारमा आउने भएको छ । विभिन्न गीत संगीत तथा टेलिश्रृखलाबाट श्रोता दर्शकको मन मस्तिष्कमा बस्न सफल चर्चित गायक तथा हाँस्यकलाकार खड्काको मेरी जमुना बोलको गीत सोमबार बजारमा आउने भएको हो । मेरी जमुना बोलको गीतमा कलाकार मनिष खड्काको सुमधुर आवाज रहेको छ भने शब्द संगित भने कलाकार चक्र बमको रहेको छ ।

गेरुवाको प्रमुख पर्यटकीय क्षेत्र इन्टेक (ओखरीयामा) क्षेत्रमा छायाँङ्कन गरिएको गीतमा रुविना अधिकारी, मनिष खड्का, निश्चल चौधरी लगायतले मोडलको भूमिका खेलेका छन । त्यस्तै रक कौशलले क्यामेरा, मेगराज बस्नेतले मेकअप, राजेश कुमाराले इडिट, खडक बजुरालीले मिक्सिङ, प्रकाश कडेलले स्किृपट र टिकाराम विकले कोडियोग्राफरमा भूमिका खेलेका छन । माताश्री स्टुडियोले तयार पारेको गीत कलाकार मनिष खड्काको आधिकारी युटुव च्यानल मनिष खड्काको युटुव च्यानल मार्फत गीत बजारमा आउने भएको हो ।

डोकनिक चटनी, वस्टे वस्टे हो, छैली गालम का लगैठो जस्ता करिब ३० वटा गीतहरुमा आवाज दिइसक्नुभएका कलाकार खड्र्का थुप्रै दर्शक श्रोताहरुको मन मस्तिष्कमा बस्न सफल हुनुुभएको छ । कलाकार खड्र्काले गीत गाउने मात्र नभएर करिब ५० वटा गीतहरुमा मोडलको भूमिका निर्वाह गरिसक्नुभएको छ भने विभिन्न कमेडी श्रृखंलामा समेत देखिनुभएको छ । चर्चित कलाकार खड्र्काले अन्य गीत जस्तै यो गीतले पनि श्रोता दर्शकको मन जित्ने विश्वास व्यक्त गर्नुभएको छ । मनिष खड्काको आधिकारीक युटुव च्यानल

Manish Khadka – YouTube

Back to top button