नेकपा एमाले गेरुवा ५ को विस्तारित बैठक सम्पन्न

गेरूवा अपडेट संवाददाता
२१ फागुन, पथरैया । नेपाल कम्युनिस्ट पार्टी एमाले गेरूवा गाउँपालिका वडा नं. ५ को वडा कमिटीको विस्तारित बैठक शनिबार पथरैयामा सम्पन्न भएको छ । नेकपा एमाले वडा नं. ५ का वडा कमिटीका अध्यक्ष नवराज बुढाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य पंकज सिंह राठौर प्रमुख अतिथि रहनुभएको थियोे ।

त्यस्तै विशेष अतिथिमा क्षेत्र नं. २ ख का क्षेत्रीय अध्यक्ष बलबहादुर चलाउने अन्य अतिथिमा जिल्ला सदस्य तथा गेरूवा इन्चार्ज भरत धामी, जिल्ला सदस्य नरेन्द्र प्रसाद पाण्डे, पूर्व जिल्ला कमिटी सदस्य सीता मैयाँ शाही, नेकपा एमाले गेरूवाका अध्यक्ष नुतन कुमार चौधरी, सचिव शिव रिमाल, सह-सचिव मञ्जु शर्मा, साविक पशुपतिनगर गाविसका पूर्व अध्यक्ष कलम बहादुर शाही लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा दिपक माझीको अध्यक्षतामा ३५ सदस्यीय गेरूवा वडा नं. ५ को युवा संघ गठन गरिएको बताइएको छ । त्यस्तै अमर बहादुर सिंहको अध्यक्षतामा १५ सदस्यीय पथरैया टोल कमिटी र निर्मला चौलागाईंको अध्यक्षतामा २५ सदस्यीय अखिल नेपाल महिला संघ गठन गरिएको नेकपा एमालेका जिल्ला कमिटी सदस्य नरेन्द्र राज पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केही कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेको आयोजकले जनाएको छ ।

Back to top button