शान्तिबजार व्यापार व्यवस्थापन समितिको अध्यक्षमा जमान कडायत सर्वसम्मत निर्वाचित

गेरुवा अपडेट संवाददाता
१४ फागुन, शान्तिबजार । शान्तिबजार व्यापार व्यवस्थापन समितिको अध्यक्षमा जमान कडायत सर्वसम्मत निर्वाचित हुनुभएको छ । गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजारमा भएको कार्यक्रममा जमान कडायतको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा तपेन्द्र थापा, सचिवमा रामजी थारु, कोषाध्यक्षमा राधा धामी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा लक्ष्मी प्रसाद जैशी, धर्म थापा, गंगा शाहा हमाल, आशिष राणा, निर्मला खड्का, राम शंकर चौधरी र तुलस्त खनाल रहनुभएको छ । नव निर्वाचित अध्यक्ष कडायले शान्तिवजार व्यापार व्यवस्थापन समिति सदैव व्यापारीहरुको पक्षमा काम गर्ने बताउनुभयो ।

Back to top button