शान्तिबजार व्यापार व्यवस्थापन समितिको ९ औँ साधारण सभा

गेरुवा अपडेट संवाददाता
१३ फागुन, गेरुवा । शान्तिबजार व्यापार व्यवस्थापन समितिको ९ औँ साधारण सभा हुने भएको छ । भोली १४ गते शनिवार गते गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजारमा रहेको समितिको कार्यालयमा विहान ९ बजेदेखि कार्यक्रम सुरु हुने समितिका अध्यक्ष तेजराज बजगाईले जानकारी दिनुभयो ।

समितिले साधारण सभामा उपस्थित हुन बजारमा आवद्ध हुनुभएका सबै व्यापारीहरुलाई पसल, होटल, फलफुल पसल लगायत सम्पूर्ण कारोवार बन्द गरी कार्यक्रममा अनिवार्य उपस्थित हुन अनुरोध गरेको छ । साथै कार्यक्रममा सहभागिहरुलाई खानाको समेत व्यवस्था गरिएको छ । ९ औँ साधारण सभाले अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र अन्य सदस्य गरी ११ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

Back to top button