मनोसामाजिक कार्यकर्ताका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

गेरूवा अपडेट संवाददाता
२६ माघ, भालुवाङ । समुदाय तहमा बाल संरक्षण, लैङ्गीकतामा आधारित हिंसा न्यूनीकरण तथा मनोसामाजिक सहयोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम बुधबार भालुवाङमा सम्पन्न भएको छ । मनोसामाजिक कार्यकर्ताका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमको सिद्धार्थ सामाजिक विकास केन्द्रका मेनेजर युनिसेफ नेपालका लुम्बिनी इन्चार्ज मनोविमर्शकर्ता बिजय आचार्यले सहजिकरण गर्नु भएको थियो ।

उहाँले मनोसामाजिक कार्यकर्ताहरूलाई दिइएको अभिमुखिकरण तालिमले समाजमा हुने लैङ्गिक हिंसा, बाल हिंसा, आत्महत्या जस्ता क्रियाकलापमा कमि आउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा १२ वटा जिल्लाका मनोसामाजिक कार्यकर्ताहरूको सहभागीता रहेको सिद्धार्थ सामाजिक विकास केन्द्र बर्दियाका संयोजक भागिराम थारूले जानकारी दिनुभयो ।

Back to top button