वडा नं. ३ को नव निर्मित भवनको एक समारोहका बिच उद्घाटन

पुष्कर काफ्ले
५ माघ, गेरुवा । बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ३ को नव निर्मित वडा कार्यालय भवनको बुधबार एक समारोहका बिच समउद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले पहिले एक दुईवटा भाडाका कोठामा काम गर्दा सेवा ग्राहीले दुःख पाउने अवस्थाको अन्त्य भएको बताउनुभएको छ । वडा कार्यालय भवनको समउद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले गाउँपालिकामा वडा भवन देखि पालिकाको भवन निर्माण हेर्दा आफुहरुले गर्व गर्ने ठाउँ भएको उल्लेख गर्नुभयो । ५ लाख भन्दा माथीका बजेटमा ठेक्का प्रक्रियामा जाने जस्ता गेरुवा गाउँपालिकाले बनाएका नीति नियमको अन्य पालिकाहरुबाट पनि प्रसंसा गर्ने गरेको उहाँको भनाई छ ।

अध्यक्ष केसीले आफु लगायत वडा अध्यक्षहरुको करिब ५ बर्षको कार्यकालमा गरिएका विभिन्न विकास निर्माणका कामहरु उल्लेखनिय भएकोले आफ्नो कार्यकालमा निर्माण गरिएका भवनहरुको गर्वका साथ समुद्घाटन गरिएको बताउनुभयो । कार्यक्रममा गेरुवा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष दयाराम वैद्य थारु, वडा नं. २ का कार्यवाहक अध्यक्ष हरिराम थारु, वडा नं. ३ का अध्यक्ष पुनाराम थारु, वडा नं. ४ का अध्यक्ष बलबहादुर चलाउने र वडा नं. ५ का अध्यक्ष धर्म प्रकाश थारुले कार्यक्रममा बोल्दै वडा कार्यालय भवन निर्माण हुनु सेवाग्राहीहरुका लागि खुसीको खबर भएको बताएका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य राजु बडुबाल, इप्रका पाताभारका प्रहरी नायव निरीक्षक गणेश बहादुर सिंह ठकुरी, नेकपा एमालेका जिल्ला सदस्य भरत धामी, नेकपा माओवादी केन्द्रका बलबहादुर थारु, नेकपा एकिकृत समाजवादीका कमान धामी लगायतको सहभागिता रहेको थियो । गेरुवा ३ का वडा अध्यक्ष पुनाराम थारुको सभापतित्वमा भएको कार्यक्रमको संचालन वडा सविच प्रेम जिसीले गर्नुभएको थियो ।

फोटो फिचर

Back to top button