नवज्योती बजार (खोल्टीबजार) व्यवस्थापन समितिको उदाहरणीय कार्य

भुपेन्द्र थापाको सहयोगमा सहयोग हस्तान्तरण

पुष्कर काफ्ले
२९ पुस, गेरुवा । नवज्योती बजार (खोल्टीबजार) व्यवस्थापन समितिले आयोजना गर्न लागेको माघी मेला कोभिड–१९ का कारण स्थगित भएपछि व्यवस्थापन समितिले उदाहरणीय कार्य गरेको छ । कोरीयामा बस्ने गेरुवाका युवा गेरुवा ४ खोल्टीबजारका सफल व्यवसायी तुलासिंह थापाका छोरा भुपेन्द्र थापाले पठाएको रकम समितिले एक परिवारलाई सहयोग गरेको हो ।

नवज्योती बजार (खोल्टीबजार) व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर माझी र समितिका पदाधिकारीको विशेष पहलमा प्राप्त भएको रकम गेरुवा १ थापापुरका क्यान्सरका कारण खुट्टा गुमाउनुपरेको किसान चौधरीलाई सहयोग हस्तान्तरण गरिएको हो । माघी पर्वको मुखमा एक विपन्न परिवार त्यसमा पनि अपाङ्गता भएको व्यक्तिलाई राहत दिन पाउँदा सहयोगि मन भुपेन्द्र थापा र समन्वय गर्ने व्यवस्थापन समितिले गर्व महसुस गरेको छ ।

व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर माझीले टिका लगाई सहयोगी भुपेन्द्र थापाका बुवा तुलासिंह थापाले सहयोग रकम १० हजार रूपैयाँ हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा समितिका पूर्व अध्यक्ष गोपीलाल लोहटी, शिक्षक ललित बुढा, समितिका सचिव केशव चौधरी, कोषाध्यक्ष साधुराम चौधरी लगायतको सहभागिता रहेको थियो ।

Back to top button