गेरुवा र राजापुरका लघुवित्तकर्मीहरुद्वारा शान्तिबजारमा समिति गठन

गेरुवा अपडेट संवाददाता
२९ पुस, गेरुवा । गेरुवा र राजापुर नगरपालिकामा रहेका लघुवित्त संस्थाका कर्मचारीहरुलाई एक दिने अन्र्तक्रिया कार्यक्रम बिहिबार गेरुवा ३ शान्तिबजारमा सम्पन्न भएको छ । लघुवित्त वित्तिय संस्थाहरुमा बढ्दै गएको जोखिम कमी तथा खराब ऋणी सदस्यहरुबाट जोेखिम बढ्न नदिन र यसबाट बच्ने उपायका बारेमा कार्यक्रममा जानकारी गराईएको थियो । यस्ता समस्याहरु झेल्न नपरोस भनेर कमल प्रसाद पौडेलको अध्यक्षतामा समिति समेत गठन गरिएको छ ।

जसको उपाध्यक्षमा इश्वर तिमिल्सिना, सचिवमा क्रमलाल चौधरी, सह–सचिवमा राकेश चौधरी, कोषाध्यक्षमा नविन ढकाल रहनुभएको छ । नव गठित समितिले लघुवित्त वित्तिय संस्थाहरुमा बढ्दै गएको जोखिम कमी तथा खराब ऋणी सदस्यहरुबाट जोेखिम बढ्न नदिन र यसबाट बच्ने उपायका बारेमा विभिन्न तालिम, अन्र्तक्रिया संचालन गर्ने कार्यक्रममा सहभागि पंकज थारुले जानकारी दिनुभयो । कार्यक्रममा गेरुवा र राजापुर नगरपालिका भित्र रहेका लघुवित्त संस्थाका कर्मचारीहरुको उपस्थित रहेको थियो ।

Back to top button