लागु औषध नियमन्त्रण गर्न इलाका प्रहरी कार्यालय पाताभारको अग्रसरता

पुष्कर काफ्ले
१३ पुस, गेरुवा । लागु औषध नियमन्त्रण गर्न इलाका प्रहरी कार्यालय पाताभारले अग्रसरता देखाएको छ । गेरुवामा रहेका मेडिकल संचालकहरुलाई समेटेर मंगलबार इलाका प्रहरी कार्यालय पाताभारले लागु औषध नियन्त्रण सम्बन्धि अन्तक्रिया सम्पन्न गरेको छ । इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक सुरेश सुवेदीले समाजमा बढ्दै गएको मेडिकल ड्रग्सको प्रयोगलाई निरुत्साहित तथा पहिचान गरी कारबाही गर्न, औषधी पसल संचालक र प्रहरी बीचमा मेडिकल ड्रग्स नियन्त्रण गर्न समन्वय गर्ने वातावरण सृजना गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा मेडिकल संचालकहरुसँग छलफल गर्दै प्रहरी निरीक्षक सुवेदीले लागु औषधको नियन्त्रण गर्न प्रहरीलाई मेडिकल संचालक, अभिभावक लगायतको सहयोगको आवश्यकता रहेको बताउनुभो । उहाँले मेडिकल संचालकहरुलाई लागु औषध सम्बन्धि केही सूचना भए तुरुन्त खबर गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा मेडिकल संचालक, पत्रकार, बुद्धिजिवी, इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी सहायक निरीक्षक हर्ष सिंह ठकुरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि मेडिकल संचालकहरुले इलाका प्रहरी कार्यालय पाताभारले लागु औषध नियमन्त्रण सम्बन्धि अन्तक्रिया कार्यक्रम गरेकोमा धन्यवाद ज्ञापन गरेका छन ।

Back to top button