मधुवनलाई २०८० भित्र बाल विवाह मुक्त पालिका बनाउने प्रतिबद्धता

हुम कुमार चौधरी
मंसीर २५, मधुवन । बर्दियाको मधुवन नगरपालिकालाई वि.सं. २०८० भित्र बाल विवाह मुक्त पालिका बनाउने एक कार्यक्रमका सहभागिहरुले प्रतिवद्धता जनाएका छन् । प्लान नेपालको साझेदारीमा बाँके युनेस्को क्लवद्धारा संचालित बाल संरक्षण परियोजना अन्तर्गत सस्थाको आयोजना तथा पालिकाको समन्वयमा सम्पन्न तिन दिने बाल विवाह मुक्त अभियान संचालन निर्देशिका निर्माण कार्यशाला गोष्ठिका सहभागिले सो प्रतिवद्धता जनाएका हुन । कार्यक्रमम नगर प्रमुख गणेश बहादुर क्षेत्रीले नगरपालिकाले सस्थाको सहयोगमा बाल संरक्षण निति, कार्यविधि र बालविवाह विरुद्ध रणनैतिक योजना तयार गरी कार्यन्वय समेत गरिरहेको बताउनु भएको थियो ।

नगर प्रमुख क्षेत्रीको अध्यक्षतामा संचालित कार्याशाला गोष्ठीमा पालिकालाई बाल विवाह मुक्त घोषण गर्नका लागि निर्देशिका निर्माण गर्ने उदेश्यले आयोजित गोष्ठीमा पालिकामा बाल विवाहको अवस्था, चुनौती, साथै घोषणा गर्नको लागि चाहिने आवश्यक मापडण्द र सुचकको बारेर व्यापक छलफल पनि गरेको छ । कार्यक्रममा उपप्रमुख शुवरानी थारु, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, ९ वटै वडाका वडा अध्यक्ष महिला तथा बालबालिका शाखा प्रमुख ईन्द्रा चुनारा, शिक्षा शाखा प्रमुख नारायण खनाल, प्रहरी प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो । भने बाँके यूनेस्को क्लवले बाल परियोजना अन्र्तगत बर्दियाको ४ वटा पालिकालमा विभिन्न जनचेतना मुलक कार्यक्रम र निति बनाउने काम गर्दै आईरहेको बाँके युनेस्को क्लवका कार्यक्रम अधिकृत ईश्वर विकले जनकारी दिनु भएको छ ।।

Back to top button