अनेरास्ववियुले प्राध्यापकलाई कारबाहीको माग गर्दै बुझायो ज्ञापन पत्र

प्रकाश पौडेल, गुलरिया । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्याम्पस कमिटीले बबई बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखलाई तीन दिने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववियु क्याम्पस कमिटीले दश बुँदे माग सहित क्याम्पस प्रमुख बिरेन्द्र राज लम्साललाई ज्ञापन पत्र बुझाएको छ । क्याम्पस कमिटी अध्यक्ष लक्ष्मण सिग्देलको नेतृत्वमा बुझाएको ज्ञापन पत्रमा क्याम्पसमा केही प्राध्यापक नियमित नआउने र अर्को दिन आएर हाजिर गर्ने , क्याम्पस आए पनि नपढाउने , पाठ्यपुस्तकमा रेजा/टिक लगाइ दिएर बिद्यार्थीलाई नै पढ्ने लगाउने प्राध्यापकलाई कारबाहीको माग गरेको छ ।
सोही ज्ञापन पत्रमा लेखा र प्रशासन बिहान खोल्ने , पुस्तकालयमा पुस्तक उपलब्ध गराउनु पर्ने लगाएत माग गरेको छ । अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्षले क्याम्पसको शैक्षिक गतिविधि लथालिङ्ग भएको प्रती हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै शैक्षिक गतिविधि व्यवस्थित गर्नुपर्ने हाम्रो माग रहेको बताउनु भयो ।

Back to top button