गेरूवामा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गयो

गेरूवा अपडेट संवाददाता
८ मंसिर, गेरूवा । गेरूवामा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । गेरूवा गाउँपालिका वडा नं. ६ रामनगरकी ७५ बर्षिया वृद्धा सुगनि थारूको मोटरसाइकलको ठक्करबाट ज्यान गएको इप्रका पाताभारका प्रहरी नायव निरीक्षक गणेश बहादुर सिंहले जानकारी दिनुभयो ।

मंगलबार साँझ साढे ७ बजेतिर मोटरसाइकलको ठक्करबाट घाइते थारूको स्थानियले अटोमा राखेर नजिकैको क्लिनिकमा उपचारका लागि लगेपनि थारूको ज्यान भने गइसकेको बताइएको छ । शवको पोष्टमार्टमका लागि टिकापुर लिने तयारी गरिएको छ । ठक्कर दिएर फरार रहेको प्रदेश नं. ३ – ०२००- २ प ०५२० नम्बरको मोटरसाइकल र चालक बुधबार विहान प्रहरीले पक्राउ गरिसकेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button