नेपाल तरुण दल गेरुवाको कार्यसमिती विस्तार साथै पदाधिकारी चयन कार्यक्रम सम्पन्न

गेरूवा अपडेट संवाददाता, ४ मंसिर गेरूवा । नेपाल तरुण दलको गेरुवा गाउपालिका स्तरिय कार्यसमिती बिस्तार साथै पदाधिकारी चयन कार्यक्रम शनिबार गेरूवा ३ शान्तिबजारमा भव्य रूपमा सम्पन्न भएको छ । राष्ट्रियता, लोकतन्त्र, समाजबाद र तरुण एकता प्रती समर्पित भन्ने मूल नारा सहित नेपाल तरुण दलको गेरुवा गाउपालिका स्तरिय कार्यसमिती बिस्तार साथै पदाधिकारी चयन कार्यक्रममा भुवन थापाको सभापतित्वमा १९ सदस्यीय कार्यसमिति पूर्णरूपमा सर्वसम्मत चयन गरिएको छ ।

जसको उपसभापतिमा सुवास गौतम, नेत्रराज बम, सन्तोष खनाल सचिवमा निराजन शाही, विनोद चौधरी, सहसचिवमा महेश खड्का, राकेश चौधरी, कोषाध्यक्षमा लङ्केश्वरी खत्री रहनुभएको छ । त्यस्तै सदस्यहरूमा सुनिता थारू, चमेली चौधरी, लखन वैद्य, प्रकाश वजगाई, हुमबहादुर चौधरी, लोक बहादुर परियार, नेत्र न्यौपाने, दिनेश कुमार खड्का लगायत रहनुभएको छ ।

नेपाल तरुण दल गेरुवा गाउपालिकाका सभापति भुवन थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल तरूण दल बर्दियाका अध्यक्ष कुलप्रसाद जैशी, विशिष्ट अतिथिमा नेपाली कांग्रेस गेरूवामा सभापति प्रेम रावल, नेपाल तरूण दलका क्षेत्रीय सभापति दिनेश चौधरी लगायतको सहभागिता रहेको थियो । शनिबार गेरूवा ३ शान्तिबजारमा भएको कार्यक्रममा नेपाल तरुण दल गेरुवा गाउपालिकाका सभापति भुवन थापा र उपसभापति सुवास गौतमको विशेष जोडमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको थियो ।

Back to top button